FAQs Complain Problems

रोजगार कार्यक्रम सम्बन्धि सार्वजनिक सूचना !!!

सार्वजनिक सूचना !!!

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाख्रीबास नगरपालिका मातहतमा रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्युनतम रोजगारीमा संलग्न हुन इच्छुक बेरोजगार व्यक्तिहरुले २०७५ चैत्र मसान्त भित्रमा आफुले स्थानीय बसोबास गरेको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सुचिकृत हुन १/१ प्रति फोटो, नागरिकताको प्रतिलिपि, आवश्यक संलग्न गर्नुपर्ने कागजात तथा आफुले हासिल गरेको सीप/तालिमको विवरण खुलाउने कागजात सहित बेरोजगार दर्ताका लागि दिने निबेदन फारम सहित निबेदन दिनुहुन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।