FAQs Complain Problems

पाख्रीबास नगरपालिकाको संक्षिप्त परिचय

एक नम्बर प्रदेश अन्तर्गत धनकुटा जिल्लामा पाख्रीबास नगरपालिका पर्दछ । यो नगरको पुर्बमा छथर जोरपाटी गाउपालिका र धनकुटा नगरपालिका, पश्चिममा भोजपुर जिल्ला, उत्तरमा महालक्ष्मी नगरपालिका र दक्षिणमा सहिदभुमी गाउपालिका रहेको छ । यो नगरपालिकाको केन्द्र पाख्रीबास बजारको जालपादेबी मन्दिर छेउमा रहेको छ । यो नगरपालिका महाभारत पर्बत श्रेणीको उत्तरमा समुन्द्र सतहबाट २०० मीटर मुगाखोलाको दोभान देखि १८५२ मिटरको राम्चे डाडा उचाईमा रहेको छ । यो नगरपालिकाको कुल क्षेत्रफल १४४.२९ बर्ग किलोमिटर र जनसंख्या २२०७८ रहेको छ ।

नामाकरण
बिगतमा यस पाख्रीबासमा बाटो हिड्ने बटुवाहरुलाई बास बस्ने उचित प्रबन्ध थिएन । त्यसैले बटुवाहरु पाखरी वापाकरी नामक रुखको फेदमाबास बस्ने गर्थे । पाखरी वापाकरी रुखको फेदमाबास बस्ने ठाउ भएकाले पाखरी वापाकरीवास भन्न थालियो । कालन्तरमा त्यही शब्द अपभ्रम्स भई पाख्रीबास भएको स्थानीय बुढापाकाहरुको भनाई रहेको छ । मिति २०७१ सालमंसिर १६ साबिक पाख्रीबास, सान्ने, फलाटे, घोर्लीखर्क र मुगालाई समाबेस गरी पाख्रीबास नगरपालिका घोषणा भएको र मिति २०७३ साल फागुन २७ गते पुन चुङवाङ गा.बि.स.लाई समाबेस गरी संघीय शासन ब्यवस्था बमोजिमको पाख्रीबास नगरपालिका घोषणा गरीयो ।   
 

हावापानी
पाख्रीबास नगरपालिका क्षेत्रमा मानब बसोबासका तथा खेतीपातीका लागि अनुुकुल हावापानी रहेको छ । धरातलीय स्वरुपले प्रभाब पारेको यस क्षेत्रमा भिन्न उचाईमा फरक फरक किसिमको हावापानी पाइन्छ । खास रुपमा यहाँको हावापानी समसितोष्ण प्रकारको छ । तर पाख्रीबासको बेसी तथातल्लो पहाडी क्षेत्रमा उष्ण, मध्य पहाडी क्षेत्रमान्यानो समसितोष्ण र माथिल्लो पहाडी क्षेत्रमा ठण्डा समसितोष्ण हावापानी पाइन्छ । यहाँको ग्रिस्मऋतुको औषततापक्रम २३.८३ डिग्री सेल्सियस र हिउद ऋतुको औषत तापक्रम ११.६८ डिग्री सेल्सियस देखिन्छ ।
 

प्रशासनिक बिभाजन
मिति २०७१ सालमंसिर १६ साबिक पाख्रीबास, सान्ने, फलाटे, घोर्लीखर्क र मुगालाई समाबेस गरी पाख्रीबास नगरपालिका घोषणा गर्दा बिभिन्न १५ वटा वडामा बिभाजन गरिएकोमा मिति २०७३ सालफागुन २७ गते पुन चुङवाङ गा.बि.स.लाई समाबेस गरेर १० वटा वडा रहने गरी संघीय शासन ब्यवस्था बमोजिमको पाख्रीबास नगरपालिका घोषणा गरीयो ।
यस नगरपालिकाको बि.स.२०६८ को जनगणना अनुसार कुल जनसंख्या २२०७८ जना रहेको छ । जसमापुरुष १००५४ जना र महिला १२०२४जना रहेका छन । मिश्रित जातिको बसोबास रहेको यस नगरपालिकामा मुख्यतय क्षेत्री, राई तामाङ, मगर कामीबाहुन नेवार लगायतका जातिहरु रहेका छन ।

अग्र्यानिक कृषि तथा पर्यटकिय नगरको रुपमा
पाख्रीबास नगरपालिकाको शान, अग्र्यानिक कृषिनगरको पहिचानभन्ने नारा बोकेको यस पाख्रीबास नगरपालिकालाई अग्र्यानिक कृषि तथा पर्यटकिय नगरको रुपमा बिकास गर्न सकिन्छ । पाख्रीबासमा बेलायत सरकारको सहयोगमा निर्मित पाख्रीबास कृषि अनुसन्धान केन्द्र रहेको छ । यो अध्ययन केन्द्रले पहाडी क्षेत्रका बिभिन्न उचाईमा अनुकुलन हुने पशुपंक्षी र बिउबिजनको प्रयोग गर्दछ । साथै हालसालै यस क्षेत्रमा सञ्चालनमा आएको स्नातक तहमा कृषि बिज्ञान बिषय पढाई हुने प्राकृतिक स्रोत तथा ब्यवस्थापन कलेजले कृषिपर्यटनको संभावनालाई बढाएको छ । यस क्षेत्रमा कुुरीलो, सुुन्तला, जुनार कागती, स्याउ, किबी एबोकाडो अलैची अदुवा चिया मसलाप्रसस्त उत्पादन हुुन्छ । पुुर्बी नेपालको एक सुुन्दर पर्यटकिय नगर बन्न सक्ने यस नगरपालिका क्षेत्र भित्रका जालपादेबी, राम्चे डाडा, जौटार, पाख्रीबास अनुसन्धान, नैनिताल तथा चियाबगान जस्ता प्राकृतिक तथा सास्कृतिक धरोहरहरुले पर्यटकहरुको मन लोभ्याउछन ।